“ तस्कर लाई सिमामा समान ओसार पसार गर्ने कठिनाई”

-- / प्रकाशित मिति : बुधबार, भदौ २४, २०७७
वीरगंज- वीरगंजमा खुल्ला सिमाना का कारण आवतजावत लाई रोक्न सिमा नाका मा कडाई गरिए पछि भने एति खेर तस्कर लाई सिमा मा समान ओसार पसार गर्ने निकै कठिनाइ भएको देखिन्छ ।
सशस्त्र प्रहरी बल बिओपी अमरपट्टीले अबैध रुपमा भारत निकासी गर्न लागेको भारी मात्रा मा आज मटर सहित पिकअप भ्यान बरामद गरेको छ ।
बारा जिल्ला मा रहेको त्रिवेणी दाल एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि. छातापिपराबाट वीरगंज महानगरपालिका वडा नं. १९ बर्वागोगको नाकाबाट अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको एक गाडि मटर पक्राउ गरिएको सशस्त्र प्रहरी ले जनाएको छ ।
बा १४ च २९१६ नम्बरको पानी बोक्ने पिकअप भ्यानमा २५ किलोको १०० बाटा बोरा मटर सोमवार राती ९ः३० बजेको भारत तर्फ निकासि गर्ने लगने क्रम मा बिओपी अमरपट्टीका खटिएको टोलि ले चेकजाँच गरि नियन्त्रण मा लिएको छ ।
पक्राउ गरिएको मटर विन्दवासिनी मा रहेको सचिन किराना पसलमा लग्नु को साट्टो भारतको नाकातर्फ लग्दै गरेको अवस्थामा पक्राउ गरी आज वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक कार्कीले बताए ।
प्रहरीलाई देख्नसाथ पिकअप भ्यानका चाकल गाडि छोडी भाग्न सफल भएको थियो ।बरामद गरिएको मटरको मुल्य ५ लाख ८७ हजार ५ सय बराबरको रहेको समेत कार्कीले बताए । पक्राउ गरिएको गाडि र मटर आज वीरगन्ज भन्सार कार्यालय मा बुझाईएको छ ।