आंशिक प्रध्यापक हरुले निर्देशिका जलाइए

-- / प्रकाशित मिति : आइतवार, भदौ २१, २०७७

काठमाडौ- आंशिक प्रध्यापक हरुले निर्देशिका जलाइए , ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइएको छ । त्रिभुवन विश्व विद्यालयमा विगत १५ बर्षदेखी ठिकापटा को रुपमा कार्यरत आंशिक प्रध्यापकको विरुद्ध निर्देशिका आएको भन्दै आंशिक प्रध्यापकहरुले निर्देशिकाको प्रतिलिपी जलाएका छन् ।

विगत लामो समयदेखी आंशिक रुपमा कार्यरत रहेका देशभरका सम्पूर्ण क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकका बिच समय समयमा व्यवस्थापन गर्ने गरी सहमती भएकोमा त्यसको विपरित त्रिविका पदाधिकारीले मनोमानी तरिकाले निर्देशिका ल्याएको भन्दै आंशिक प्रध्यापकहरुले उक्त निर्देशिका जलाइएको वताएका छन् ।

मुलकभरीका सबै आंशिक प्रध्यापकहरुले त्रिविले आफनो हित विरुद्ध निर्देशिका ल्याएको भन्दै मुलकभरमा जति पनि क्याम्पसमा आंशिक प्रध्यापक रहेका छन् सबैले ठाउँ ठाउँमा निर्देशिका जलाउदै बिरोध गइरहेको आंशिक प्रध्यापकहरुले जनाएका छन् ।

देशभरीका क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी आन्दोलनमा होमिएका प्रध्यापकको माग सुनवाई गर्ने भन्दा विस्थापित गर्ने गरी आएको निर्देशिका अमान्य हुने रआफुले कामको समान पाउन पर्ने भन्दै आफना एक सूत्रिय माग प्रति वेवस्ता गरिए कोरोनाको महामारी र क्याम्पस खुल्नसाथ सशक्त आन्दोलन गरिने ठाकुर राम बहुमुखी एकाई समितिको अध्यक्ष तथा शिक्षक हरूले जनाएका छन् ।