पत्रकार महासंघको मतदान शुरु, कसले मार्ला बाजी?

-- / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मुलुकका ७७ जिल्लामा बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म रहने छ।समितिका अनुसार यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदानस्थल तोकिएको छ ।

तोकिएको मतदानस्थलमा पुगरे आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकिने महासंघको निर्वाचन समितिले जनाएको छ ।उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानस्थल तोकिएको छ। यस्तै एशोसिएटका लागि दशरथ रंगशालामा मतदानस्थल तोकिएको छ। भने प्रतिष्ठानका लागि विभिन्न मिडिया हाउसमा मतदानस्थल तोकिएको छ ।