पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नगरे मन्त्रीलाई कालो मुसो एवं कालो झण्डा देखाउन नेपाली काँग्रेस (वी.पी)को चेतावानी

-- / प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७

काठमाडौं – आज नेपाली काँग्रेस (वी.पी)ले नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।पटक पटक चेतावनी दिदा पनि नेपाल आयल निगमले वेवास्ता गरि पेट्रोलियम पदार्थ मुल्य वृद्धि गरेको भन्दै नेपाली काँग्रेस (वी.पी)ले आज दिउसो करिब ३.४५ बजे तिर कोण सभा सहित कार्यालय घेराउ गरी  मुल्य वृद्धि फिर्ता लिन माग सहित विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध   प्रदर्शनमा स्वचालित प्रणालीको मनोमानी मुल्य वृद्धि  खारेज गर , मुल्य वृद्धि फिर्ता  गर , महानिर्देशक राजीनामा दे ,नेपाली काँग्रेस वी पी  जिन्दावाद जस्ता लेखेका प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेको हो ।नेपाल आयल निगमले नोक्सान भएको भन्दै आइतबार मध्यरातिबाट लागु हुने गरि पेट्रोल र डिजेलमा २/२ रुपैयाँ वृद्धि गरेको  छ ।

वृद्धि गरिएको मुल्य सोमबार मध्यरात देखि फिर्ता नभए मङ्गलबार देखि सरकारि गाडि र नेपाल आयल निगमका गाडी तोडफोड तथा कर्मचारी, मन्त्रीलाई कालो मुसो एवं कालो झण्डा देखाउने र निगमका कर्मचारिलाई कार्यालय प्रवेश निशेध गर्ने चेतावनी दिएको नेपाली काँग्रेस (वी.पी)का सचिव सुशिल वाग्लेले जानकारी दिनुभयो।