घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग

काठमाडौं-वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गर्नुभएको छ ।
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उहाँले उक्त रकम प्रदान गर्नुभएको निजी सचिव रविन ज्ञालनले जानकारी दिनुभयो । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।” सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा...
बुधबार, बैशाख ८, २०७८

बिराटनगर- प्रदेश १ को प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आजराति...
आइतवार, बैशाख ५, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ...
शनिबार, बैशाख ४, २०७८
ताजा खबर

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...
लोकप्रिय

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...