प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।
कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।यसै साता चार औद्योगिक क्षेत्र शिलान्यास हुने
सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।
यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा चीन-नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...