“आज विश्वकर्मा पूजा गरिए”

काठमाडौ – समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार नाएको दिनको रुपमा आश्विन संक्रान्तिका अर्थात आज विश्वकर्मा पूजा गरिँदै छ ।
प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने प्रचलन रहि आएको छ ।
नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने चलन छ ।
विश्वकर्माको पूजा गर्नाले शान्ति र आफ्नो रक्षा हुने विश्वास छ ।
आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।नेपालको आफ्नो मौलिक परम्परामा चाहिं बडादशैंको नवमीको दिन हातहतियार, औजार, सवारी साधनलगायतको पुजा गर्ने प्रचलन पनि रहि आएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार...
सोमवार, अशोज २६, २०७७

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत ६ जना...
सोमवार, अशोज २६, २०७७

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा क्षेत्रमा रहेको...
मङ्लबार, अशोज २०, २०७७
ताजा खबर

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत...

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा...

विरगन्ज नितेश कर्ण विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र पर्सा बिरुद्धमा ...
लोकप्रिय

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत...

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा...

विरगन्ज नितेश कर्ण विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र पर्सा बिरुद्धमा ...