“आजबाट गौरा पर्व सुरु”

-- / प्रकाशित मिति : आइतवार, भदौ ७, २०७७

काठमाडौ -नेपालको भाषा अनि संस्कारको जरो मानिने सुदूरपश्चिमीहरुको महान पर्व गौरा पर्व आजबाट सुरु भएको छ । मौलिक पृष्ठभूमिको ठूलो महत्व र खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

यो पर्व विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आइरहेको मान्यता रहि आएको भएता पनि यो पर्व भने सुदुरपश्चिमका रहेक क्षेत्रका लागी उतिकै महत्व रहेको छ । सनातन धर्ममा उल्लेख भए अनुरुप सुदूरपश्चिमीहरुका महिलाका लागी यो पर्वमा विशेष पर्व रहेको छ ।

विवाहित महिलाहरुले सौभाग्यका रुपमा यो पर्व मनाउने गर्दछन् । गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् ।

बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ शाइतमा सामूहिक रुपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा आराधना गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा मागल गायर वा देउडा खेलेर रमाइलो गरेर मनाउन्छन् गर्दछन् । तर पछिल्लो समया यो पर्व देशका अन्य क्षेत्रमा समेत मनाइने गरिन्छ । राजधानिको टिुडिखेलमा समेत गौरा पर्वकालागी भाद्रशुक्लको षष्ठीदेखि अष्टमी सम्म नै विभिन्न कार्यक्रम गरी मनाउने गरेको भएता पनि यस वर्ष भने कोरोनाले गर्दा अन्य चाडवाड जस्तै यो पर्व पनि मनाउन सकेका छैन्न ।