पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

-- / प्रकाशित मिति : बुधबार, भदौ ३, २०७७

पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले मंगलबार पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई ३–० ले हराउन सफल भएको हो । पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थिए भने त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे हुन् । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्न सफल भएका थिए । सन् १९७० मा स्थापित पीएएजीले यस पल्ट आफ्नो ५०औं स्थापना दिवस मनाइरहेकै बेला फाइनल पुग्न पनि सफल रहेको पनि भएको छ ।