संसद विघटनविरुद्धका रिटमाथिको संवैधानिक इजलासमा सुनुवाइ सुरु

-- / प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८

काठमाडौं – संसद विघटनविरुद्धका रिटमाथि आजको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक हुन् ।