सूदुरपश्चिम र गण्डकी प्रदेश प्रमुखमा यादव र पौडेल

-- / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८

काठमाडौं- सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आज बालूवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने र पौडेल र यादवलाई नियुक्तिको सिफारिस गरेको हो ।

नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् । उनी महिला आन्दोलनमा लागेकी व्यक्तित्व भएकाले नियुक्तिका लागि सिफारिस गरिएको बालुवाटार स्रोतले जानकारी दियो ।