गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

-- / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८

काठमाडौं – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा जारी मन्त्रीपरिषद बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरु दुवै माओवादी निकट हुन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।