डडेल्धुरामा निषेधाज्ञा एक हप्ता थप

-- / प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८

धनगढी – डडेल्धुरामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय एक साता थप गर्दै जेठ २२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्लामा यसअघि जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।