देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

-- / प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८

काठमाडौं – हाल देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रपातको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ ।