देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीभई केही स्थानहरूमा मेघगर्जनसहित वर्षा

-- / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं-देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीभई केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा फाटफुटरहल्का वर्षाको समेत सम्भावना रहेको छ ।