कैलालीको मोरियाघाट सीमा नाकामा प्रहरी टोली र लागुऔषध तस्करबीच गोली हानाहान, एक घाइते

कैलाली-भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषध तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।
मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए । भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो प्रहरी निरीक्षक थापाले भने, ‘बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।
घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको कैलाली प्रहरीले जनाएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको बैठकले बाँकेमा...
बुधबार, बैशाख ८, २०७८

पर्सा – नेपालबाट भारततर्फ लैजाँदै गरेको लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई...
बुधबार, बैशाख ८, २०७८

काठमाण्डौं – कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौं उपत्यकामा कडाई गर्न थालिएको...
बुधबार, बैशाख ८, २०७८
ताजा खबर

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...
लोकप्रिय

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...