नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

काठमाडौं-प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा बुधबार राति पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ ।
उनीहरूबाट प्रहरीले एक हजार दरको ५१ थान, ५०० दरको ५७ थान, १०० दरको दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको छ । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको बैठकले बाँकेमा...
बुधबार, बैशाख ८, २०७८

पर्सा – नेपालबाट भारततर्फ लैजाँदै गरेको लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई...
बुधबार, बैशाख ८, २०७८
ताजा खबर

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता...

काठमाडौं-बुधबार एकैदिन २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य...

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...
लोकप्रिय

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता...

काठमाडौं-बुधबार एकैदिन २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य...

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...