विद्यालयमै बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७, २०७७

कञ्चनपुर-१४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शिक्षक ढुङ्गानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।