“सत्ता मोहले कम्युनिस्ट पार्टीमा विचलन”

-- / प्रकाशित मिति : आइतवार, भदौ २१, २०७७

काठमाडौ-‌नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न आरोह अबरोह पार गर्दै यो स्थानमा आइपुगेको छ।स्थापना कालदेखी नै विभिन्न गुट फुट मा रुमलिदै विभिन्न पार्टीको नाममा बिभाजन भएको छ ।

हामिमाझ इतिहास र बर्तमान साक्षी छ।स्थापना देखि नेकपा रायमाझी समुह,चौम ,माले एमाले ,मसाल एकताकेन्द्र नेकपा माओवादी ,माओवादी केन्द्र हुँदै आज पुनस्नेकपा को स्थापना भएको छ।जनता को निम्ति जनपक्षीय काम गरि जनता को शासन वा जनशत्ता प्राप्ति का निम्ति पार्टी जन्मिएको सत्य हो ।

यो पार्टी निर्माण मा धेरै अग्रज ले बलिदानी दिएको सत्य हो।बलिदानी को यात्रा झापा बिद्रोह देखि सिन्धुपाल्चोक को पिस्कर काणड ससत्र जनयुद्ध हुँदै बृहतशान्ति सम्झौता २०६२र६३को लोकतान्त्रिक जनआन्दोल बाट प्राप्त जनाआदशले थुप्रै सरकार बने।जनपक्षीय काम को गतिलो उधारन पहिलो कमन्युसट पार्टी को सरकार २०५१ मा बन्यो।जस्ले कमन्युस्त को अशली स्वरूप देखियो जस्को कारण आज पार्टी चलिरहेको छ।

आमनागरिक को पक्ष मा होस या राष्ट्रीयता होस या भारतीय बिस्तारवाद का विरुद्ध होस कहिले पनि पार्टी र नेता झुक्नु भयन जसको ज्वलन्त उधारन पार्टी अध्यक्ष एब मुलक प्रधानमन्त्री केपि ओलि बन्नु भएको इतिहास हामिमाझ छर्लङ्ग छ। जब पार्टी झन्डै दुई तिहाई को सरकार संचालन गर्ने अबस्थामा पुग्छ १आज चारैतिर घेराबन्दी पार्टी को आन्तरिक द्वन्द ,माफिया दलाल तस्कर अनि जनसम्बध नभएको सचिवालय जस्ता जालो ले अहिले को सरकार जनचाहना अनुसार नचलेको सत्य हो।बिश्व ब्यापी महामारी कोरना न्यूनीकरण गर्न मा देखियको अननियमिता ले त झनै सरकार असक्षम बनेको छ ।

पार्टी निर्माण मा निरन्तर इमानदारी पुर्बक लागेका नेताकार्यकर्ता लाई निरुत्साहित गरि माफिया दलाल तस्कर अरु पार्टी बाट आयका नबप्रबेशी लाई अबशर दिइरहेको र लिइरहेको तितो सत्य छ।

समाजबादी ब्यबस्था हुँदै साम्यबादी ब्यबस्था ल्याउन यस्ता बुर्जुवा शैलीबाट हुन्छ कि हुदैन समिक्षा गर्न जरुरी छ१नत्र भने सत्ता मोह ले पार्टी ध्वस्त हुन सक्छरुयस्ता गलत कुरालाई बेलैमा समिक्षा गरि अगाडी बढीयन भने सरकार सत्ता एकादेश को दनत्य कथा जस्तै हुन सक्छ सत्ता मोह हैन जनमतको सम्मान गर्दै सत्ता लाई अबशर को रूपमा लिन सक्नु पर्छ ।