“९० करोड रकम फ्रिज भएको भन्दै  कृषि ज्ञान केन्द्र  पर्सा बिरुद्धमा समाजबादी युवा संघद्वारा धर्ना”

-- / प्रकाशित मिति : मङ्लबार, अशोज २०, २०७७

विरगन्ज नितेश कर्ण

विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र  पर्सा बिरुद्धमा  १० करोड रकम फ्रिज गरेको भन्दै  समाजबादी युवा संघद्वारा १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको  छ ।जनता समाजबादी पार्टी नेपालका नेता एवं तत्कालिन समाजबादी पार्टीको केन्द्रिय सदस्य तथा समाजबादी युवा संघका केन्द्रिय सह९इन्चार्ज फिरोज मंसुरको नेतृत्वमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा। रामचन्द्र यादव संग कार्यालयको अवस्था र भएको अनुदान रकम फ्रिजको कारण बुझी  चितबुझदो नभएको कारण बिरोध गरिएको हो । कृषि ज्ञान केन्द्रका स्थानीय कर्मचारीले गुटबन्दि गरि कार्यालयको कामकाज प्रभावकारी हुन नदिने एवं अनुदान रकम फ्रिज गराउने र कृषकलाई सेवा नदिने कर्मचारी बिरुद्धमा धर्ना दिएको छ ।

किसानको १० करोड अनुदान फ्रिज गर्ने कर्मचारी चाहिदैन, कृषिमा दलाल बिचौलिया अन्त्य गर , निकामा, भ्रस्टाचारी कर्मचारीलाई अबिलम्ब कारवाही गर, कृषि अनुदानमा कमिसनको चलखेल बन्द गर, गैर कृषकलाई कृषि कार्यालयमा प्रवेश निषेध गर, २० बर्ष देखि कब्जा जमाएका भ्रस्टचारी, दलाल कर्मचारीलाई अबिलम्ब सरुवा गर, भ्रस्टचारी कर्मचारी चाहिदैन, कृषि अनुदान लुटन पाइदैन र कर्मचारी सिन्डिकेट अन्त्य गरको नारा लगाउदै समाजबादी युवा संघका नेता कार्यकर्ताले बिरोध गरेको युवाका केन्द्रिय सदस्य अजय यादवले बताए ।

आ।व। २०७६र७७ मा २०७६ चैत्र ११ गते देखि २०७७ जेष्ठ मसान्त सम्म कोभिड १९ को संक्रमण बाट  लकडाउन भएको बेलामा कृषि प्रसार अधिकृत मुनिलाल प्रसाद, बाली बिकास अधिकृत श्री सुरेस चौरसिया र प्राविधिक अधिकृत श्री श्याम किशोर कुर्मी कार्यालयमा अनुपस्थित रहेको तथा बाली संरक्षण अधिकृत कार्यालयमै भए पनि निजहरुको जिम्मेवारमा रहेको ब्लक पाकेट कार्यक्रम, साना सिंचाई कार्यक्रम लगायत कार्यविधि भएका कार्यक्रम पनि लक्डाउन को बहानामा संचालन गर्ने प्रयास नगरेको  कारण साना सिंचाई कार्यक्रम , प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फको ब्लक र पाकेट कार्यक्रम संचालन हुन नसकेको, प्रधान मन्त्री कृषि आधुनिकरण आयोजना संचालनको ब्लक गठनको लागि फिल्डमा जाने भ्रमण आदेश लिएर जाने तर दैनिक भ्रमण भत्ता खाई ब्लक र पाकेट गठन नगरेको कृषि ज्ञान केन्द्र पर्साका एक कर्मचारीले नाम नभन्ने सर्तमा बताएका छन् ।

कार्यक्रममा प्रदेश सचिव कसीम अन्सारी, सदस्य अजय साह, शिव कुमार साह र युवा नेताहरु शैलेश यादव, दिलखुस देवान, रामबाबु यादव, हसरत अन्सारी, रामभरोस यादव, रामजी महतो, बिरेन्द्र गुप्त र अब्दुल आलम लगायतको सहभागिता रहेको थियो ।