भारतको उत्तराखण्डमा हिमताल फुट्यो

-- / प्रकाशित मिति : शनिबार, बैशाख ११, २०७८

काठमाडौं – भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउन सक्ने बताएका छन् । सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ । बोर्डर रोड अर्गनाइजेसनका कमाण्डर कर्णेल मनिष कपिलले यो क्षेत्रमा भारतले सडक निर्माणको काम जारी राखेको र सो क्षेत्रमा अहिलेसम्म कोही पनि हताहत नभएको बताएका छन् ।