भारतमा एकैदिन ७२ हजार भन्दा बढीमा कोरोना संक्रमण

-- / प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०७७

काठमाडौं – भारतमा एकैदिन ७२ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संख्यामा एकैदिन संक्रमण देखिएको हो ।

यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ ।

भारतमा १ करोड १४ लाख ७२ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २१५ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४५८ जनाको मृत्यु भएको छ ।