बार्तामेउ माथि बढेको अविश्वासको कारण मेसी क्लब छाड्ने तयार

-- / प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७

काठमाडौं – स्पानिस अनलाइन मार्काले स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका उक्त अनलाइनमा उल्लेख गरेको छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका हुन् ।

उनले अध्यक्ष बार्तामेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्ध तोड्न आग्रह गरेका छन् । मेसीले क्लब छाड्ने पाउने समयसीमा पार गरेको र अझै एक वर्ष सम्झौताको भएता पनि क्लब छाड्न चाहेका हुन् । जसले गर्दा क्लबका अध्यक्ष बार्तामेउलाई थप दबाब परेको छ । टीभी थ्रीले रिपोर्ट गरेअनुसार यदि मेसीले सार्वजनिक रुपमा आफू क्याटलोनिया क्लबमा रहने घोषणा गरेमा बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने मार्काले बताएका छन् ।

यो दबाब अब मेसीमा सरेको छ ।

यस विषयमा मेसीले कुनै प्रतिक्रिया दएका छैनन् । बार्सिलोनाका स्पोर्टिङ डिरेक्टर रोमा प्लान्सले पनि यसअघि पत्रकार सम्मेलनमा मेसीलाई केन्द्रमा राखेर आफूहरु टिम बनाउन तयार भएको जनकारी गराएका थिए । साथै उनले मेसीलाई क्लबमा राख्न प्रयास गरिरहेका जनाएका छन् । पछिल्लो समय क्लबको खराब प्रदर्शन, साथी खेलाडीहरुबारे क्लबको निर्णय र बार्तामेउमाथि बढेको अविश्वासको कारण मेसी क्लब छाड्ने तयार भएको स्पानिस अनलाइन मार्काले उल्लेख गरेका छन् ।