२४ घण्टामा कोरोना ४७६२ संक्रमित ११४ जनाको मृत्यु

-- / प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८

काठमाडौं – नेपालमा गत २४ घण्टामा ४७६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १७४८० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा संक्रमणबाट १ सय १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९१ जना निको भएका छन् ।