चीनबाट आउने खोप ५५ देखि ६५ वर्षकालाई लगाइने

-- / प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८

काठमाडौं – चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने तयारी गरिएको छ ।

भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लिन नेपाल एयरलाइन्सको विमान आज साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ ।