हालसम्मकै सबैभन्दा उच्च कोरोना संक्रमण पुष्टि : एकैदिन २७ जनाको मृत्यु

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८

काठमाडौं– नेपालमा आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो हालसम्मकै सबैभन्दा उच्च संख्या हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।