एकैदिन थपिए २,३५१ संक्रमित

-- / प्रकाशित मिति : बुधबार, बैशाख ८, २०७८

काठमाडौं-बुधबार एकैदिन २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार ८,८४४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा २,३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भए ।सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण उच्च गतिमा वृद्धि भएको भन्दै सावधानी अपनाउन र सकभर घर बाहिर ननिस्कन अपिल गरेको छ ।