अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७

काठमाडौ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार कटिसकेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३५० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ३१ हजार ६५२ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार ८७९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड ३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।