नेपाली गायिका श्रीस रियालिटी शो द भ्वाइसको ग्लोबल प्लेटफर्मको छनौट

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७

काठमाडौं – नेपालकी गायिका तारा श्रीस रियालिटी शो द भ्वाइसको ग्लोबल प्लेटफर्मको छनौटमा परेकी छन् । भ्वाइस अफ नेपाल सिजन ३ मा उनले ब्लाइन्ड अडिसनमा दिएको प्रस्तुति द भ्वाइसको ग्लोबल प्लेटफर्मका लागि छनौटमा परेको हो ।

ब्लाइन्ड अडिसनमा गायिका श्रीसले तिमी नै हौ बोलको स्लो–रक प्याटर्नको गीत गाएकी थिइन् । उनको गायकीको सम्मानमा शोका सबै कोचहरु दीप श्रेष्ठ,प्रमोद खरेल,राजु लामा र तृष्णा गुरुङको चेयर उनीतिर फर्किएका थिए । लामो डिस्कसनपछि गायिका श्रीसले कोच राजु लामाको टिममा जाने निर्णय गरेकी थिइन् ।