बलिउड चर्चित अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७

काठमाडौं-भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ। कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन्।बलिउड चर्चित अभिनेत्री आलिया भट्टमा पनि कोरोना संक्रमण भएको छ। केहि समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो।

त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन्। त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ।केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो। तर, रणबीरले संक्रमण जितिसकेका छन्।