“तेलुगू ऐक्टर जयप्रकाश रेड्डीको हार्ट अटैकबाट मृत्यु”

-- / प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७

काठमाडौ – ७४ वषिय रेड्डी को आंध्र प्रदेशको गुंटूर जिल्लामा आज हार्ट अटैकबाट मृत्यु भएको छ ।

रेड्डीले तेलुगू सिनेमा र थिअटरबाट आफ्नो अभिनयले दर्शको मन जित्न सफल भएका रेड्डीको मृत्युले अहिले तेलुगू सिनिमा स्तब्द बनेको छ ।

रेड्डीले आफ्नो फिल्म करियर ’ब्रह्मपुत्रुडु’ बाट सुरु गरेका थिए । भने उनले दजनौ बढी हिट चलचित्रमा समेत अभियन गरिसकेका छन् ।

जस्तै प्रेमिचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेंपर जस्ता चलचित्रमा अभिनय गरेका उनी देशमा मात्र नभएर विदेशमा पनि उतिकै प्रख्यात रहेका छन् ।

सबै प्रकाको अभियन गर्ने सक्ने रेड्डीलाई तेलुगू देशम पार्टी के मुखिया एन चंद्रबाबू नायडू र अल्लु अर्जन सहित अन्य वरिष्ठ कालाकारले सामाजिक संञ्जाल मार्फत दुख व्यक्त गदै श्रदान्जली दिएका छन् ।