सुनको भाउ बढ्यो

-- / प्रकाशित मिति : बुधबार, बैशाख ८, २०७८

काठमाडौं-सुनको भाउ आज एकै दिन १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको भाउमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १३ सय १० रुपैयाँ पुगेको छ ।