गैर आवासीय नेपाली संघको १० अर्ब लगानी भित्र्याउने अठोट

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख ७, २०७८

काठमाडौं-गैर आवासीय नेपाली संघको १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ । संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता भइसकेको छ । यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।

जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धता समेत प्राप्त भइसकेको संघले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादन मुलक र रोजगारी मुलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडि देखि लगानी गर्दै आएको भएपनि सन २०१२ देखि सामुहिक रुपमा लागनी भित्र्याउन गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट शुरु भएको फण्डलाई १ खर्ब पु¥याउने योजना रहेको पनि बताउनुभयो । सो फण्ड मार्फत पूँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताउनुभयो । त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि बताउनुभयो ।

एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आई.पी.ओ.) निष्काशन गर्ने तयारी समेत गरिएको छ ।