मध्य भोटेकोशीलाई आईपीओ निष्काशन गर्न बोर्ड दियो अनुमति

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख ७, २०७८

काठमाडौं-धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। कम्पनीका चुक्ता पूँजीको २५ प्रतिशत हो ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ ।