पेट्रोलियम पदार्थको मूल्य बढ्यो

-- / प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।

पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ३ पुगेको छ ।

नयाँ मूल्यसूची आइतबार मध्यराति १२ बजेदेखि लागू भएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।