“३ किलोमिटर को फरकमा सशसशस्त्र प्रहरी को बिओपी स्थापना”

-- / प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०७७
काठमाडौ-नेपाल भारत को खुल्ला सिमाना मा कडाइ गर्न पर्सा र बारा जिल्लामा ३ देखी ५ किलोमिटर को फरकमा बिओपी स्थापना गर्न सुरु गरेको छ।
शुक्रवार बिहान नेपाल को प्रमुख प्रवेश द्वार बीरगन्ज को इनर्वा मा सशस्त्र प्रहरी बल को बिओपी स्थापना भएको छ । सशस्त्र प्रहरी बल प्रदेश न २ को प्रमुख डिआइजी कृष्ण भक्त व्रहम्चार्य ले बिओपी को उदघाटन गर्नु भएको छ।
सिमा क्षेत्रमा ६१ वटा नयाँ बिओपी स्थापना गर्ने डिआइजी कृष्ण भक्त व्रहम्चार्य ले बताउनु भएको भएको छ ।कोरोना कहरमा भारत बाट अवैध आगमन रोक्न पहिलो चरण मा १२ वटा बिओपी स्थापना गर्न लागेको बताउनु भयो ।
सिमा मा हुने तस्कर र अवैध आवागमन रोक्न सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआइजी कृष्ण भक्त व्रहम्चार्य खुल्ला सिमाको स्थलगत निरीक्षण गर्न दैनिक रुपमा प्रदेश को कुनै न कुनै जिल्ला पुगी रहनु भएको छ ।