कराँतेका लक्ष्मण तामाङले जिते नेपालका लागी अर्काे स्वर्ण

-- / प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपालको लागि पहिलो स्वर्ण जितेका छन् ।

सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते) तर्फ पनि शुरुमै स्वर्ण जितेको हो । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १-० ले पराजित गरे ।

सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए । लक्ष्मणले स्वर्ण जितेसँगै नेपालले सागमा जितेको स्वर्णको संख्या ७ पुगेको छ ।